काठमाण्डौ । काठमाण्डौको नक्सालमा एक्स कस्मोपोलिटिएनको आटलेटको सुरुवात भएको छ । रिर्भस एजिङको अनुभव दिने उद्घेश्य सहित उक्त आउलेटको सुरुवात भएको हो ।
दुबईका राजपरिवारका सदस्य शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहाकार यकुब अल अली र नेपाल महिला उद्ममी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।
एक्स कस्मोपोलिटिएनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवाहरु उपलब्ध गरिएको छ ।
सुभनियर बुटिक अन्र्तगत नेपालको समुन्द्री सतह देखि ६ हजार ५०० मिटर सम्मको हिमाली उचाईमा पाईने विभिन्न हिमाली जडिबुटी, हिमाली चिया, भिर मह लगायत विभिन्न पहाडी ईलाकामा पाईने जडिबुटिबाट उत्पादन गरिएको विभिन्न प्राकृतिक अत्यावश्यक दैनिक रुपमा विशेष प्रयोग हुने साम्रागीहरु बिक्रीको लागी राखिने कम्पनीले जनाएको छ ।