काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीले प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।
उक्त बैठकले भदौ १९ गतेदेखि लागू हुनेगरी भण्डारीको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।
प्रबन्धक पदबाट राजीनामा दिएपनि भण्डारी कम्पनीको सञ्चालक भने रहिरहने कम्पनीले स्पष्ट पारेको छ ।