आईतवार, फाल्गुन ११,२०८१ 10:14:55
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:14:55
IME remit
Global IME Bank Limited

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’

Hyundai Nepal
एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’
Nabil Bank Limited

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा (एमाले)को पोलिटब्यूरो बैठकले समेत पूँजीबजारमा आएको उत्साहजनक वृद्धिलाई आफ्नो दल नेतृत्वको सरकारको उपलब्धिको रुपमा व्याख्या गरेको छ ।  

बैठक भदौ १८ र १९ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न भएको थियो ।  

बैठकले बार्षिक कार्ययोजना र केही समसामयिक लगायतका १३ वटा प्रस्तावहरु पारित गरेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

गत असार १७ गते मुलुकका मुख्य राजनीतिक शक्तिहरु नेकपा (एमाले) र नेपाली काङ्ग्रेस बिच भएको ७ बुँदे सहमतिका आधारमा असार ३१ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको उल्लेख गर्दै पारित पहिलो नम्बरकै प्रस्तावमा भनिएको छ–‘दुई दल बिच राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउँदै अवरुद्ध विकास निर्माणलाई तीव्रता दिने, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गर्ने, जनतामा आशा भरोसा जगाउने र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने समझदारी बनेको छ । सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरण जस्ता उपलव्धिहरुले जनतामा आशाको सञ्चार भएको छ ।’  

मुख्य राजनीतिक दल बिचको यस्तो सहकार्य र संयुक्त सरकारको निर्माण लोकतन्त्रमा यदाकदा मात्रै हुने राजनीतिक परिघटना रहेको उल्लेख गर्दै थुप्रै जिम्मेवारी र जोखिम समेत जोडिएका विश्लेषण गरिएको छ ।  

बैठकले समाज तथा बजारमा अस्वस्थता, तिक्तता, नैराश्यता भरिदिने एवम् सामाजिक सद्भाव र एकतालाई कमजोर पार्ने प्रवृतिहरु देखिएका भन्दै यसलाई रोकी सकारात्मकताको विकासका लागि सबैलाई योगदान गर्न आह्वान गरेको छ । कार्यकर्ताहरुलाई नकारात्मकता फैलाउनेहरुविरुद्ध एकजुट हुन पनि भनिएको छ ।  

सरकारबाट बाहिरिएको माओवादीका शीर्ष नेताको अभिव्यक्ति र गतिविधिको समेत बैठकले समीक्षा गरेको छ । 'कतिपय राजनीतिक दल एवं नेताहरुबाट अभिव्यक्त आवेगपूर्ण अभिव्यक्तिप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । सत्ता पक्ष होस् या विपक्ष, हामी सबै वर्तमान लोकतान्त्रिक प्रणालीका पक्ष नै हौं र यसको रक्षा, विकास र सफलता हामी सबैको दायित्व हो । मुलुकमा अनेकौं चुनौतीहरु छन् र यसलाई सामना गर्ने पनि हामी सबैको साझा दायित्व हो ।' पोलिटब्यूरोबाट पारित प्रस्तावमा अगाडि भनिएको छ-'भूमिका बदलिनासाथ मुलुकको अवस्थालाई हेर्ने दृष्टिकोण समेत बदल्ने द्वैध चरित्र लोकतान्त्रिक आचरणभित्र पर्दैन । यो बैठक मुलुकका सबै राजनीतिक दलहरुलाई जिम्मेवार र संयमित बन्न एवं देश तथा जनताप्रति उत्तरदायी भूमिकाका साथ अगाडि बढ्न आह्वान गर्दछ ।'

केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै एमाले पोलिटब्यूरो बैठकले केही महत्वपूर्ण विषयहरुलाई मागको रुपमा समेत प्रस्तुत गरेको छ । 'यो बैठक सरकारलाई दुध उत्पादक किसानहरुको बक्यौता रकम तत्काल उपलव्ध गराउन, उखु किसानहरुका समस्या संवोधन गर्न, सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न, सहकारीको रकम अपचलनमा सङ्लग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन, जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन, चाडबाडको मुखमा कालोबजारी, कृत्रिम अभाव र मिसावटका माध्यमबाट उपभोक्ताहरु ठगिने स्थिति अन्त्य गर्न, कर्णाली राजमार्ग लगायत बिग्रे भत्केका सडकहरुको यथाशीघ्र मरम्मत सम्भार गरी नागरिकहरुको आवागमन सहज र वस्तु तथा सेवाहरुको निर्बाध आपूर्ति गर्न तथा डेङ्गु प्रकोपलाई नियन्त्रण गर्न ध्यानाकर्षण गर्दछ ।'- बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.