काठमाण्ठौ । चिनियाँ एप टिकटकका प्रतिनिधि काठमाण्डौ आएका छन् । नेपाल सरकारले शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि ३ जना प्रतिनिधि सम्मिलित टिकटकका पदाधिकारी नेपाल आएका हुन् ।
उनीहरु टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका हुन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुका बारेमा छलफल गरेका छन् । उक्त अवसरमा उनीहरुले नेपाल सरकारले टिकटक खुलाउन राखेका शर्तहरु पुरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका छन् ।
सरकाररले २०८० कात्तिक २७ गते टिकटक बन्द गरेको थियो । त्यसको ९महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । तर सञ्चार तथा सूचना प्रविधिमन्त्री भने दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको छैन ।
अझै पनि नेपालमा टिकटक पूर्ण रुपमा खुलिसकेको भने छैन ।