सोमबार, असार २,२०८२ 06:40:25
  • सोमबार, असार २,२०८२ 06:40:25
Global IME Bank Limited

के सेयर बजारमा बुल सकिएकै हो ? प्राविधिक रुपमा अबको बजार कस्तो ?

Hyundai Nepal
के सेयर बजारमा बुल सकिएकै हो ? प्राविधिक रुपमा अबको बजार कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो  भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २७४९.५७ विन्दुमा बन्द भएको बजार यो साता २७२७.३६ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २२.२५ अंकका गिरावट आयो । अघिल्लो साता पनि बजार २२४.८९ अंक ले घटेको थियो ।  

यो साताको ५ दिन कारोबार दिनमा कुल ५९.७७ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता भने बजारमा ६४.३६ अर्बबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता कारोबार पनि घट्यो ।  यो साता बजार पूँजीकरण ४३.३६ खर्व  रुपैयाँ पुग्यो । अघिल्लो साता बजार पूँजीकरण ४३.६६ खर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से घट्दा बजार पूँजीकरण पनि ३० अर्बले घटेको छ । यो साता नेप्से घट्दा बजार पू्ँजीकरण र कारोबार दुबै घट्यो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

एलिअट वेभ

एलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । एलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो साताको बजारलाई एलिअट वेभ मार्फत नियाल्दा हामीले अघिल्लो साता भने जस्तो बजारमा एबीसी चक्र नै चलेको देखिन्छ । एबीसी चक्रमा वेभ ‘ए’ चल्दा बजार ३ हजारदेखि २६७५ सम्म आएको छ । 

अब ‘बी’ वेभ चल्दा भने बजारले २९३० सम्मको यात्रा तय गर्न सक्छ । र ‘सी’ वेभमा बजार केही करेक्सन पनि हुन सक्छ । यसरी दशैं अगाडीसम्म बजारमा यहि एबीसी चक्रमा बजारमा साइडवेज चलेर कार्तिकबाट भने नयाँ वेभको साथ बजारले अल टाइम हाइको उचाइ तर्फ गति लिन सक्छ भन्ने हाम्रो बजार अनुसन्धान र एलिअट वेभको आधारमा विश्लेषण रहेको छ ।  

बोेलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

डेली बेसमा बोलिङ्गर ब्याण्डको आधारमा यो साता बजार  मध्य ब्याण्डमा भन्दा तल चलेको छ । म्याक्डीमा भने यस अघिनै वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम भने बोल्ड र केही समानान्तर नै बनेका छन् । आरएसआई न्यूट्रल जोनमा नै चलेको छ । मनी फ्लो इन्डेक्स भने ९३ को तहबाट खसेर हाल ४१ को विन्दुमा पुगेको छ । यसले कारोबार तथा भोल्युम भने घट्दै गरेको बुझिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३१७९

प्रतिरोध २ – ३०८४

प्रतिरोध १–  २९१२

पिभट् प्वइन्टः २८२४

घटेमा सपोर्ट  

सपोर्ट १– २६५४

सपोर्ट २– २५६०

सपोर्ट  ३ – २३९२

निष्कर्षः यो साता समेत गरी बजारमा लगातार ३ सातासम्म करेक्सन आयो । अघिल्लो साता २२५ अंकले घटेको बजारमा यो साता २२ अंकले मात्रै करेक्सन आयो । यस हिसाबले बजारमा अघिल्लो साताको तुलानमा घट्ने क्रम रोकिएको छ । पछिल्लो पटकको उच्च विन्दु ३ हजारबाट नेप्से करिब ३ सय अंक अर्थात १० प्रतिशत मात्रै घटेको छ । यो भनेको बुल भित्रकै पुल ब्याक हो ।  

सामान्यतय नेपालको बुल डेढ वर्षसम्म चल्ने भएको कारण पनि अहिले नै बुुल सकिने कुनै सम्भावना छैन । बजारमा फेलिएको अफवाह जस्तो अहिले नै नेप्सेको बुल सकिएको अवस्था भने छैन । हाल कारोबार तथा भोल्युम भने क्रमशःघट्दै गएको छ । यो भनेको बजार साइडवेज चलेको भन्ने हो । यस हिसाबले बजार दशैं अगाडी साइडवेज चलेर पुनः नयाँ उचाई तर्फ लम्किने हाम्रो विश्लेषण हो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.