आईतवार, बैशाख ७,२०८२ 11:56:55
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 11:56:56
IME remit
Global IME Bank Limited

नापतौल डोर कार्यक्रममा भक्तपुरका २१४ व्यवसायी लाभान्वित, चाँगुनारायणमा बुधबारदेखि

Hyundai Nepal
नापतौल डोर कार्यक्रममा भक्तपुरका २१४ व्यवसायी लाभान्वित, चाँगुनारायणमा बुधबारदेखि
Nabil Bank Limited

काठमाण्डौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट २१४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् ।  

जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले जिल्लास्थित भक्तपुर नगरपालिकाका ६ स्थानमा कार्यालय राखेर गत मंगलबारदेखि नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । 

वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर पहिलो दिन सञ्चालन गरिएको डोर कार्यक्रममा २१ जना व्यापारी तथा व्यवसायीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गरेको संघका कोषाध्यक्ष एवं संघअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनका अनुसार बुधबार सुकुलढोकामा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा २५, बिहीबार लिवालीबाट ४१, आइतबार कमलविनायकबाट ५९ जना व्यवसायी तथा व्यापारीले सेवा लिएका थिए । यसैगरी, सोमबार सूर्यविनायक बाराहीस्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा २७ र मंगलबार च्वङ्गा गणेश मन्दिर नजिकको ढुंगेधारा पाटीबाट ४१ जना व्यवसायी तथा व्यापारीले नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराएको उनले जानकारी दिए ।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले डोर कार्यक्रमबाट भक्तपुर नगरपालिकाका व्यापारी, व्यवसायीहरु आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरुको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताए । उनले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु काठमाण्डौ पुगेर नापतौलका सामग्री दर्ता तथा नवीकरण गराउनुपर्ने झन्झटबाट मुक्त भएको बताइन् ।  

यसैबीच, चाँगुनारायण नगरपालिका र संघको सहकार्यमा बुधबारदेखि चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन हुने भएको छ । पहिलो दिन बुधबार दुवाकोट बैंक्वेटमा, बिहीबार झौखेलस्थित ३ नं. वडा कार्यालय परिसरमा, शुक्रबार सुडाल प्रहरी चौकी परिसरमा र आइतबार नगरकोटस्थित ६ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.