काठमाण्डौ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनीई–वर्कस् सँग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्व विद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि गर्ने उद्देश्यको साथ ब्रिटिस कलेजले महत्वपूर्ण साझेदारी गरेको जनाएको छ ।
ई–वर्कस्ले सफ्टवेयर डेभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ । नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीहरुलाई उच्चस्तरिय सेवा प्रदान गर्ने संस्था हो । बेलायतको लण्डनमा स्थापना भएको ई–वक्र्सले नेपालमा पनि शाखा बिस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरुलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको हो ।
ई–वर्कस्को कूल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरु छन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरुले यो अवसर प्राप्त गरेको कलेजले जनाएको छ ।