काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा.रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गरिएकोृ कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।