बुधबार, असार २४,२०८३ 03:05:08
Bizshala
  • बुधबार, असार २४,२०८३ 03:05:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालय क्षेत्रमा वातावरण परिवर्तनसबन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

Laxmi Sunrise Bank Limited
हिमालय क्षेत्रमा वातावरण परिवर्तनसबन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाण्डौ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्बन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाण्डौमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाण्डौमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

३ दिन हुने सेमिनारमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरू सहभागि हुने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए ।  

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा म्यानमारलगायत दक्षिण एशियाली राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी विभिन्न प्रस्तुति दिने छन् ।

विभिन्न देशका विज्ञहरूको सहभागिता रहने कार्यक्रममा २५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुनेछन् । कार्यक्रममा केही देशका विज्ञहरू पनि अनलाइनमार्फत् जोडिने छन् भने सेमिनारको अन्त्यमा काठमाण्डौ घोषणापत्र जारी हुनेछ ।

स्थानीय तथा परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरू बीचको नियमित संवाद र सहकार्यमार्फत् साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गरी यस क्षेत्रका सम्पूर्ण मानिसहरूको साझा हित रक्षार्थ तीन दिने कार्यक्रम कोषेढुङ्गा हुने अपेक्षा गरिएको संयोजक लम्मालले बताए ।

कार्यक्रमको उद्घाटन सत्र प्रकृति संरक्षण कोषको सभागृह, खुमलटार, ललितपुरमा भाद्र २८ गते हुनेछ भने भदौ २९ र ३० गते प्राविधिक सत्रहरू सञ्चालन गरिने प्रतिष्ठानका उपाध्यक्ष डा। प्रेमराज न्यौपानेले जानकारी दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X