काठमाण्डौ । लक्ष्मी इक्वीटी फण्डले इकाईधनीलाई रकम फिर्ता भुक्तानी सुरु भएको छ । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रही सञ्चालित भई गत जेठ २८ गते परिपकव भई खारेजीमा लगिएको नविल इक्वीटी फण्डको रकम फिर्ता भुक्तानी सुरु भएको हो ।
रकम फिर्ता भुक्तानीका लागि धितोपत्र बोर्डको असार ७ गतेको निर्देशन दिएको थियो ।
योजनामा हाल कायम इर्काधनीहरुलाई अन्तिम कायम प्रति इकार्ई खुद सम्पत्ति मूल्य रु ११.१४ मा प्रचलित कर कट्टा गरी हुन बाँकी हुन आउने इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा भदौ २७ गतेदेखि जम्मा गरिएको हो ।
हालसम्म पनि आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएकाहरुरलाई आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखि डिम्याट खाता
गराउन योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले आग्रह गरेको छ ।
इकाई धितो राखेका इकाईधनीहरुले अनिवार्य रुपमा त्यस्तो इकाईको धितो फुकुवा गरी धितो फुकुवा सम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।
योजनाको नाममा रहेको लगानीलाई तीन महिनाभित्र नगदमा रुपान्तरण गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको अनुपातमा फिर्ता गुर्नपर्ने व्यवस्था अनुरुप रकम फिर्ता गर्न लागिएको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।