आईतवार, आश्विन १८,२०८३ 12:18:17
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 12:18:17
Bizshala
Global IME Bank Limited

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

Bizshala
मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३८९ रोपनी जग्गा सरकारको नाममा दर्ता
New Office

काठमाण्डौ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । 

गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन दिएका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रीको निर्देशन पछि सबै कानूनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए । उनका अनुसार ब्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानूनीरुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दी भन्दा बढी भएको छानविनबाट प्राप्त र ब्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो ।  

पोखरा वडा नं १ मा पिएन क्याम्पससँग साँध सिमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा,  कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानविनबाट प्राप्त भएको ६ रोपनी ११ आना  ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफर रहेको जग्गा नेपाल सरकारको नाममा आएको कास्की मालपोत प्रमुख अधिकारीले जानकारी दिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.