काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् । नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका हुन् ।
उनी नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने गरी बैंकको सञ्चालक समितिमा नियुक्त भएका हुन् । अर्थ मन्त्रालयका सहसचिव पंज्ञानी उत्तर कुमार खत्रीको स्थानमा सञ्चालक नियुक्त भएको बैंकले जनाएको छ ।
उनले भदौ २७ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।