काठमाण्डौ । पिंडालूको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार पिंडालूको औषत मूल्य ३६ प्रतिशतले बढेको छ ।
यससँगै पिंडालूको औषत प्रतिकेजी मूल्य ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ थियो ।
यस्तै आज गोलभेडा सानो(लोकल)को मूल्य ७ प्रतिशतले बढेर २५ रुपैयाँ, गाजर(तराई)२९ प्रतिशतले बढेर ११० रुपैयाँ, मूला रातो २६ प्रतिशतले बढेर ३५ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)१३ प्रतिशतले बढेर ८५ रुपैयाँ, भटमाशकोसा १३ प्रतिशतले बढेर ८५ रुपैयाँ, भिण्डी १० प्रतिशतले बढेर २७ रुपैयाँ, च्याउ(डल्ले)८ प्रतिशतले बढेर ३२६ रुपैयाँ, ब्रोकाउली ६ प्रतिशतले बढेर ११६ रुपैयाँ र भेडे खुर्सानी १५ प्रतिशतले बढेर ११० रुपैयाँ कायम भएको छ ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अन्ुसार आज गाजर लोकलको मूल्य १३ प्रतिशतले घटेर ९५ रुपैयाँ, काउली(स्थानिय)३ प्रतिशतले घटेर ९५ रुपैयाँ, भन्टा(लाम्चो)१४ प्रतिशतले घटेर ३० रुपैयाँ, भन्टा(डल्लो)२२ प्रतिशतले घटेर ३५ रुपैयाँ, बोडी तने १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, चिचिण्डो १४ प्रतिशतले घटेर ३० रुपैयाँ, घिरौला १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, रायो साग २६ प्रतिशतले घटेर ११० रुपैयाँ,च्याउ(कन्य)८ प्रतिशतले घटेर १८० रुपैयाँ, हरियो धनिया २२ प्रतिशतले घटेर १४५ रुपैयाँ र लसुन हरियो १५ प्रतिशतले घटेर २२६ रुपैयाँमा कारोबार भईरहेको छ ।