बिहीबार, बैशाख ११,२०८२ 01:32:42
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 01:32:42
IME remit
Global IME Bank Limited

डिजिटल कारोबार निःशुल्क गर्न प्रधानमन्त्रीले पहलकदमी चाल्दै

Hyundai Nepal
डिजिटल कारोबार निःशुल्क गर्न प्रधानमन्त्रीले पहलकदमी चाल्दै
Nabil Bank Limited

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत यस्तो घोषणा गरेका हुन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनले एक पोष्ट जारी गर्दै साना डिजिटल कारोबारलाई निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको समेत बताएका छन् । फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे आइरहेका सुझावहरुलाई सम्बोधन गर्न यस्ता कारोबारलाई निःशुल्क बनाउन अग्रसर भएको प्रधानमन्त्रीले बताएका छन् ।  

‘आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सयरपचास रुपैयाँका कारोबार दिनमा ५÷६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०÷७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’, उनले फेसबुकमा लेखेका छन् ।  

Muktinath Bikas Bank Limited

हाल मोबाइल बैंकिङ प्रयोगतर्काहरुले डिजिटल कारोबार गर्दा प्रतिकारोबार १० रूपैयाँ, वालेटमा ५ रूपैयाँभन्दा बढी र कनेक्ट आईपीएसमा न्यूनतम ४ रूपैयाँका दरले शुल्क तिरिहेका छन्। यस्तो शुल्कमा चालू आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्न थालेको छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.