काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजोजमान श्रेष्ठ पुनःनियुक्त भएका छन् ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई असोज ३ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।