बुधबार, श्रावण १३,२०८३ 01:00:20
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:00:20
Bizshala
Global IME Bank Limited

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल

नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल
New Office

काठमाण्डौ । नेपाल व्यवस्थापन संघको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् ।  

शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभाबाट पोखरेल आगामी दुई वर्षको लागि संघको प्रथम उपाध्यक्षमा चयन भएका हुन् । 

बैंक वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबिए गर्नुका साथै एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा  इन्डियन स्कूल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गरेका छन् ।  

पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतरुपमा काम गरिसकेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.