काठमाण्डौ । आज इन्द्रजात्रा पर्व मनाइँदैछ । काठमाण्डौ उपत्यकासहितका अन्य केही जिल्लामा विभिन्न कार्यक्रम गरेर यो पर्व मनाइँदै छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ।
आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । त्यसैले आज काठमाण्डौ उपत्यकामा रहेका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।
आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।