बुधबार, श्रावण २०,२०८३ 12:22:47
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:22:47
Bizshala
Global IME Bank Limited

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
New Office

काठमाण्डौ । आज दसौं संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर १० वर्ष प्रवेशको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।

सरकारले संविधान दिवसलाई भव्यताका साथ मनाउन घरघरमा झण्डोत्तोलनसहित दिपावली गर्न सबैलाई आग्रह गरेको छ ।

यही अवसरमा आज काठमाण्डौको सैनिक मञ्च टुडिखेलमा बिहान ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ ।

यस्तै आज दिउँसो दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ आयोजना गरिँदैछ । संविधान दिवसकै अवसर पारेर धरहरा पनि आजबाटै सर्वसाधारणका लागि आशिंक खुला गरिने भएको छ ।  

आज संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैले आज देशभरका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् ।  

आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) पनि आज बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.