आईतवार, बैशाख ६,२०८३ 11:42:50
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:42:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका लागे प्रधानमन्त्री ओली

Bizshala
अमेरिका लागे प्रधानमन्त्री ओली
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका हुन् ।  

उनलाई उपप्रधानमन्त्री एबम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरेका थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

यस्तै प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।  

CG Motors
Garima Development Bank
IME remit

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् । उनी असोज १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.