काठमाण्डौ । सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिनका लागि बन्द गरिएको छ । यो खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र हुन लागेकाले यातायात सञ्चालनमा असोज १९ गतेसम्म रोक लगाइएको हो ।
उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न सकिनेछ ।
सिस्नेरी–दक्षिणकाली सडकखण्ड बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौ जोड्ने छोटो दूरीको मार्ग हो ।