काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । दुईबीच अमेरिकामा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शमौ ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा अमेरिकामा रहेका छन् ।
भेटका अवसरमा प्रधानमन्त्री ओली र युनुसबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको छ ।