मंगलवार, फाल्गुन ५,२०८२ 12:10:12
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:10:12
Bizshala
Global IME Bank Limited

फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाःजर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट

फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाःजर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ ।  

जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ ।  

यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला २ सय रुपैयाँ ज्याला लाग्ने गर्दछ ।

२ महिने यस योजनामा बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली विजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि २ महिनामा कम्तीमा २ पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, प्रत्येक महिना १ जोडी (दम्पत्ति)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टूर प्याकेज उपलब्ध गराइनेछ । यस अन्तर्गत २ महिनामा २ दम्पत्तिले यो अफर पाउनेछन् ।

यस्तै, प्रत्येक महिना १ दम्पत्तिलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ । २ महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत २ महिनामा २ दम्पत्तिले यो मौका पाउनेछन् ।

यसैगरि, प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्राण्ड ‘योलो’को तर्फबाट २ जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

हरेक हप्ता विभिन्न अफर

ह्वाइट फेदर्स ज्वेलरीले हरेक हप्ता ग्राहकहरुले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ । यस अन्तर्गत २ महिनासम्म हरेक हप्ता एक एकजनाले ‘गिगी मेकअप स्टुडियो’को तर्फबाट १० हजार बराबरको ‘हाइड्रो फेसीयल’गर्न पाउनेछन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, प्रत्येक हप्ता एक जनाले स्कुटर ब्राण्ड भेष्पाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पको तर्फबाट आकर्षक ‘गिफ्ट ह्याम्पर’ पाउनेछन् ।  

साथै, यस अन्तर्गत नै ह्वाइट फेदर्स ज्वेलरीबाट गरगहना किनेका ग्राहकहरुले भेष्पा स्कुटर खरिदमा आकर्षक छुट पनि प्राप्त गर्नेछन् ।

यी सबै उपहार योजना सबै खालका गरगहना खरिदमा लागू हुनेछन् । ह्वाइट फेदर्स ज्वेलरीका संस्थापक सञ्चालक स्किनर रसाइलीका अनुसार मंसिर ३ गतेसम्म चल्ने यस योजनाले ग्राहकहरुलाई सुनचाँदीका गरगहनाखरिदमा सहुलियत प्रदान गर्नेछ भने विभिन्न उपहारसहित बम्परमा हालै मात्रै लन्च भएको ‘आईफोन १६’जित्ने मौका समेत प्राप्त हुनेछ ।

ह्वाइट फेदर्स ज्वेलरी काठमाण्डौको न्युरोड खिचापोखरीमा रहेको छ ।  

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.