आईतवार, बैशाख ६,२०८३ 03:13:08
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 03:13:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हवाई भाडादर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन

Bizshala
हवाई भाडादर नियन्त्रण गर्न राज्य व्यवस्था समितिको निर्देशन
Shivam Cement

काठमाण्डौ । बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि वायुसेवा कम्पनीहरुले हवाईको भाडादर दोब्बर भन्दा बढी लिन थालेका छन् ।  

शुक्रबार बिहानदेखि अविरल परेको वर्षाका कारण काठमाण्डौ लयायत देशभरी बाढीपहिरोले सडकमार्ग ग्रस्त छ । यस्तो अवस्थामा वायुसेवा कम्पनीहरुले हवाई भाडादरमा सहुलियत दिनुको सट्टा बढाएर लुटतन्त्र मच्चाइरहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसै सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले भने सरकारसँग हवाई भाडादरमा नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आइतबार पत्र लेख्दै हवाई भाडादरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आवश्यक निर्देशन दिन अनुरोध गरेको हो ।  

हाल देशको विभिन्न स्थानमा मनसुनी वर्षाले निम्त्याएको बाढी परिहोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यस्तो अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समितिले जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

हिन्दुहरुको महान चाड दशैंको मुखमा आएको यस विपत्तीले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको छ ।  

यस्तो विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पको रुपमा रहेको हवाई यातायातमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले भने आफुखुशि हवाई भाडा बढाएपछि हवाई भाडा दरमा नियन्त्रण गर्न नागरिक उड्ययन मन्त्रालयमार्फत निर्देशन दिन सरकारलाई निर्देशन दिइएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.