बुधबार, श्रावण १३,२०८३ 10:25:31
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:25:31
Bizshala
Global IME Bank Limited

डल्ले च्याउको मूल्य ४२% ले वृद्धि, घिरौला र स्कुसको भने घट्यो

डल्ले च्याउको मूल्य ४२% ले वृद्धि, घिरौला र स्कुसको भने घट्यो
New Office

काठमाण्डौ । डल्ले च्याउको मूल्य वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार डल्ले च्याउको मूल्य ४२ प्रतिशतले बढेको छ ।  

अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३०० रुपैयाँ रहेको डल्ले च्याउको औषत मूल्य बढेर ४२६ रुपैयाँ पुगेको छ । यस्तै आज सेता मूला(लोकल)को मूल्य ३४ प्रतिशतले बढ्दै प्रतिकेजी औषत मूल्य ३० रुपैयाँ पुगेको छ ।  

आज आलु रातोको मूल्य ३ प्रतिशतले बढेर ८१ रुपैयाँ, प्याज सुकेको भारतीय ९ प्रतिशतले बढेर १३० रुपैयाँ, गाजर(लोकल)१९ प्रतिशतले बढेर २२६ रुपैयाँ, गाजर(तराई)१८ प्रतिशतले बढेर १९० रुपैयाँ, बन्दा लोकलको मूल्य २३ प्रतिशतले बढेर १०५ रुपैयाँ, बन्दा तराई २१ प्रतिशतले बढेर ८५ रुपैयाँ, च्याउ कन्य १२ प्रतिशतले बढेर १८० रुपैयाँ र काक्रो(लोकल)६ प्रतिशतले बढेर ११६ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, आज गोलभेडा सानो(लोकल)को मूल्य १३ प्रतिशतले घटेर ६५ रुपैयाँ, गोलभेडा सानो टनेलको मूल्य ६ प्रतिशतले घटेर ८३ रुपैयाँ, काउली स्थानिय १० प्रतिशतले घटेर १३० रुपैयाँ,घिरौला १८ प्रतिशतले घटेर ११० रुपैयाँ, स्कुस १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, रायो साग ३४ प्रतिशतले घटेर ९५ रुपैयाँ, पालुङ्गो साग ५० प्रतिशतले घटेर ९५ रुपैयाँ,तोरीको साग २१ प्रतिशतले घटेर ७५ रुपैयाँ,प्याज हरियो ३१ प्रतिशतले घटेर १९० रुपैयाँ र जिरीको साग ३८ प्रतिशतले घटेर ९५ रुपैयाँ कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.