बुधबार, चैत्र २०,२०८१ 01:05:10
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:05:10
IME remit
Global IME Bank Limited

धितोपत्र बोर्ड अध्यक्षका दाबेदारमध्येका एक डा.अधिकारी भन्छन् ‘ म छनौट भए अन्तराष्ट्रियस्तरका प्रडक्ट ल्याउनेछु’

Hyundai Nepal
धितोपत्र बोर्ड अध्यक्षका दाबेदारमध्येका एक डा.अधिकारी भन्छन् ‘ म छनौट भए अन्तराष्ट्रियस्तरका प्रडक्ट ल्याउनेछु’
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सरकारले धितोपत्र बोर्डका अध्यक्षको प्रक्रिया ९ महिना पछि पुनःसुरु गर्दै छ । सरकारले यसअघि अन्तरवार्तामा अनुपस्थित तीन दाबेदारलाई असोज १८ गते पुनः सूचना निकालेर बोलाए पछि बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढेको हो ।  

तत्कालिन धितोपत्रबोर्डका अध्यक्ष रमेश कुमार हमालले गत पुस २० गते आफ्नो कार्यकाल सकेर धितोपत्र बोर्ड छाडे पछि हाल सम्म धितोपत्र बोर्डमा सरकारले कुनै पनि व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न सकेको छैन । हाल अर्थमन्त्रालयका प्रतिनिधिलाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । बोर्डमा अध्यक्ष नहुँदा आईपीओ निष्काशन तथा विभिन्न धितापत्रसम्बन्धी निर्णयहरु अलपत्र परेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

हाल धितोपत्र बोर्डमा प्रवक्ता समेत रहेका धितोपत्रबोर्डका प्रवक्ता समेत रहेका डा. नवराज अधिकारी यसपटक आफू अन्तरवार्तामा जाने तयारिमा रहेको बताउँछन् । ‘अहिले सरकारले सूचना नै निकालेर अन्तरवार्तामा बोल्याएको छ । म अन्तरवार्तामा सामेल हुने छु । यति मात्रै होइन धितोपत्र बोर्डको अध्यक्षको लागि म योग्य र उपयुक्त दाबेदार पनि म हो,’ अधिकारीले बिजशालासँग भने, ‘ पूँजीबजार र धितोपत्रबोर्डमा आमुल परिवर्तन गर्न सक्ने कार्ययोजना मसँग छ । यदि सरकारले मलाई अध्यक्ष बनायो यसका लागि मैले काम गर्नेछु ।’

अधिकारीले मुख्य गरि बजारमा लगानीकर्ताहरुले माग गर्दै आएको इन्ट्रा डे कारोबार, सेक्युरिटिज लेण्डिङ एण्ड बरोइङ , अक्सन मार्केट तथा इन्डेक्स फण्ड जस्ता अन्तराष्ट्रिय स्तरको प्रडक्ट ल्याउन पहलकदमी चाल्ने बताए । यसको साथै ऋणपत्र बजारको विस्तार, कमोडिटिज बजार जस्ता लगानीकर्ताहरुको मागलाई पनि सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाए । उनले भने ,‘नेप्से तथा सीडीएसी सबैलाई मिलाएर लैजाने मेरो कार्ययोजना छ । यसको लागि सरकारले मलाई अवसर दिनु पर्छ । नयाँ स्टक एक्सचेञ्जको विषयमा पनि सरकारले निर्देशन दिएको खण्डमा धितोपत्र ऐनको २०६३ को दाफा १३ अनुसार आएको प्रतिवेदनअनुसार काम गर्न तयार छु ।’

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तत्कालिन अवस्थामा राष्ट्रिया योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित कमिटिले ५ जनाको नाम सर्टलिष्ट गरेको थियो । जसमा धितोपत्र बोर्ड भित्रैबाट डा. नबराज अधिकारी , मुक्तिनाथ श्रेष्ठ , नेप्सेका सीइओ कृष्ण बहादूर कार्की , सन्तोष नारयण श्रेष्ठ र चिरञ्जबी चापगाइलाई कमिटिले छानेको थियो ।  

जसअन्र्तगत अधिकारी, कार्की र चापागाई २ पटक अन्तरवार्तामा उपस्थित भएका थिएनन् । धितोपत्र ऐन अनुसार सरकारले कम्तिमा ३ जनाको नाम सरकरालाई छानेर पठाउनु पर्ने हुन्छ । तर ३ जना अनुपस्थित भए पछि छनौट प्रक्रिया अलपत्र परेको थियो । तर अब धितोपत्र बोर्ड भित्रैबाट नवराज अधिकारी अन्तरवार्तामा उपस्थित हुने भए पछि हालको प्रक्रिया भने अगाडी बढ्ने निश्चिन भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.