मंगलवार, भाद्र ३०,२०८३ 03:59:25
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 03:59:26
Bizshala
Global IME Bank Limited

आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनीलाई २ लाख जरिवाना

आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनीलाई २ लाख जरिवाना
New Office

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आँगन स्वीट्सको मिठाइ उत्पादन गर्ने कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको छ । विभागले उक्त कम्पनीमा छापा मार्दै उक्त रकमबराबरको जरिवाना तिराएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

छापा मार्ने क्रममा भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएको थियो । अनुगमनका क्रममा तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः प्रयोग गर्ने गरेको जस्ता क्रियाकलाप भेटिएको विभागले जनाएको छ ।  

Muktinath Bikas Bank Limited

यस्तै विभागले मंगलबार जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो । उक्त रेष्टुरेन्टमा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएको थियो । 

जसपश्चात कारवाही स्वरुप विभागले उक्त रेष्टुरेन्टलाई ३ लाख रुपैयाँ नगद जरिवाना तिराएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.