आईतवार, बैशाख ६,२०८३ 01:38:18
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:38:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मासिक २५ रुपैंयाबाट सुरु भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

Bizshala
मासिक २५ रुपैंयाबाट सुरु भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति
Shivam Cement

भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ ।  

२०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समुदायमा नै आधारित हुँदै बचत गर्दै आएको तौडोलछाप सहकारीमा आएको विषम परिस्थितिमा पनि नाफामा गएको सहकारीले जानकारी दिएको छ ।  

आफ्नो १५ औँ साधारण सभाका अवसरमा सहकारीले यो वर्ष १९ लाख ६ हजार ३ सय ९५ रुपैंया खुद नाफा गरेको सहकारीका कार्यवाहक व्यवस्थापक सन्जिब  थापाले जानकारी दिए ।

देशभर सहकारीमा समस्या आएको समयमा तौडोलछापले भने अघिल्लो वर्ष र यो वर्ष नै नाफामा गएको उनले बताए । सहकारी अघिल्लो वर्ष १३ लाख ८१ हजार ४ सय १६ रुपैंया नाफामा गएको थापाले जानकारी दिए ।  

सहकारी देश डुबेर समस्या ग्रस्त भएको समयमा पनि नाफा कमाउन सक्नु भनेको सहकारी प्रतिको बचत कर्ताको विश्वास भएको साधारण सभाका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो । उहाँले सहकारी नाफामा जानुमा सञ्चालक समितिको मिहेनत तथा बचत कर्ताको विश्वास नै भएको बस्नेतले बताएका थिए । 

CG Motors
Garima Development Bank
IME remit

यस्तै सहकारीका अध्यक्ष दिपेन्द्र थापाले सहकारीले बचत भन्दा पनि सहकारीका बचत कर्ताको निक्षेप सुरक्षणमा ध्यान दिने गरेको बताए ।  उनले सहकारीको आगामी लक्ष्य भनेको आफ्नो जग्गा खरिद गरी भवन बनाउने रहेको समेत बताए ।  

साधारण सभाको क्रममा सहकारीका विभिन्न बचत कर्ताहरूलाई सम्मान समेत गरिएको थियो । जसमा तौडोलछाप विशेष बचत कर्ता सम्मान, उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, वृद्ध बचत कर्ता सम्मान, उत्कृष्ट नारी बचत कर्ता सम्मान गरेको थियो । यस्तै सहकारीको साधारण सभामा आयोजित  रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान समेत गरेका थिए ।  

यसैबीच, देशभर लगातारको वर्षाका कारणले भएको बाढी पहिरो प्रभावितका लागि सहकारीले ५० हजार सहयोग प्रदान गरेको छ । सामुदायिक कोष अन्तर्गत वडा अध्यक्ष मार्फत सहकारीले ५० हजार सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.