शुक्रबार, जेष्ठ १,२०८३ 01:26:34
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:26:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दशैंविदाकै बेला कुलमानलाई स्याक गर्ने सरकारी योजना, मन्त्रीलाई अघि सारेर सोधियो १५ बुँदे स्पष्टीकरण

Laxmi Sunrise Bank Limited
दशैंविदाकै बेला कुलमानलाई स्याक गर्ने सरकारी योजना, मन्त्रीलाई अघि सारेर सोधियो १५ बुँदे स्पष्टीकरण
Shivam Cement

काठमाण्डौ । दशैंको विदा सुरु हुनुभन्दा ठीक अघि उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका छन् ।  

केपी ओली नेतृत्वमा सरकार गठन भएदेखि नै माओवादी समर्थनमा दुईपटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमानलाई हटाउने रणनीतिमा सरकार क्रियाशील देखिएको छ । यसअघि समेत उनलाई सरकारले हटाउने प्रयास गरेको थियो, तर जनस्तरबाट आएको विरोध थाम्न नसकेपछि पछि हटेको थियो । अहिले सर्वसाधारण दशैं मूडमा रहेको बेला मौका छोप्दै सरकारले कुलमानलाई हटाउने नीतिअनुसार विभागीय मन्त्रीलाई अगाडि सारेर मंगलबार १५ बुँदे स्पष्टीकरण सोधिएको हो ।

Bizshala
New Office
CG Motors

 स्पष्टीकरण सोध्दा मन्त्रीस्तरीय निर्णय भनिएको छ । तर स्रोतले भने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा कुलमानलाई अधिकारविहीन बनाउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेको छ ।  

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको भए पनि कोरम नपुगेकाले हुन सकेन । बोर्ड बैठकमा सहभागी हुनेहरु समेत दशैंका लागि पुख्र्यौली थाँतथलोतर्फ हिँडिसकेका छन् । यस्तै समयको मौका उठाएर सरकार कुलमानविरुद्ध अगाडि बढेको देखिन्छ । 

Garima Development Bank
Shivam Cement
IME remit

कुलमानलाई मन्त्रीले सोधेको १५ बुँदे स्पष्टीकरणमा उनको परफरमेन्स, विभिन्न समयका खरीद प्रक्रिया, प्राधिकरणले जनसमर्थन प्राप्त गर्न नक्कली नाफा देखाएको विषयदेखि गुणस्तरीय बिजुली नदिएकोसम्मका आरोप समेटिएको छ ।  

मन्त्रीले सोधेको स्पष्टीकरणमा मागिएको विवरणको सूची यस्तो छः

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.