सोमबार, असार ९,२०८२ 06:17:37
  • सोमबार, असार ९,२०८२ 06:17:37
Global IME Bank Limited

श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

Hyundai Nepal
श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

सभा मंसिर ६ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा कम्पनीको सञ्चालक समितिको आठौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने र लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.