शनिबार, फाल्गुन १०,२०८१ 07:24:13
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:24:13
IME remit
Global IME Bank Limited

दीर्घकालीन लगानीका लागि कस्ता कम्पनी छनौट गर्ने ?

Hyundai Nepal
दीर्घकालीन लगानीका लागि कस्ता कम्पनी छनौट गर्ने ?
Nabil Bank Limited

– प्रकाश न्यौपाने

काठमाण्डौ । अधिकांश लगानीकर्ताले सेयर बजारबाट घाटा हुन्छ भन्ने विश्वास कम गरेका हुन्छन्। तर, त्यसो नभएर ठ्याक्कै उल्टो भएको पाइन्छ। 

नेपालको सेयर बजारमा पछिल्लो समय प्रायः लगानीकर्ताहरु अध्ययन बिना नै लगानी गर्ने गरेको पाइएको छ। साथीभाइ र सामाजिक सञ्जालको भरमा उनीहरुले लगानी गर्छन्। जसका कारण बजारबाट ठूलो घाटा व्यहोरेको पाइन्छ। 

सेयर बजारमा लगानी गर्न स्वअध्ययन अपरिहार्य हुन्छ। कम्पनीले दिने लाभांश र बजारको बढाइबाट हुने नाफा दुवै खाने वा बजारको बढाइबाट हुने नाफामात्र खाने फरक–फरक किसिमका लगानीकर्ताहरु सेयर बजारमा भेटिन्छन्। तर, बजारमा कम जोखिम भएका कम्पनीमा लगानी गर्दा दीर्घकालमा लाभांशबाट मात्रै पनि लगानीकर्ताले राम्रै नाफा कमाएका प्रशस्त उदाहरण छन्। 

उदाहरणका लागि नागरिक लगानी कोष (सीआईटी)मा लगानी गर्ने लगानीकर्ताले प्रत्येक वर्षको लाभांश खाएर पनि नाफा कमाएका छन्। दोस्रो बजारमा हाल यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार रुपैयाँको आसपासमा छ। 

विगतमा ५ हजार रुपैयाँभन्दा माथि पुगेको सीआईटीले विगत १० वर्षमा १७ प्रतिशतदेखि ५२ प्रतिशतसम्म लगातार लाभांश वितरण गरेको छ। 

उता विशाल बजार कम्पनी (बीबीसी)मा पनि लगानीकर्ताको आकर्षण उत्तिकै रहेको देखिन्छ। यो कम्पनीले हालसम्म कुनै लाभांश भने दिएको छैन। 

दोस्रो बजारमा हाल बीबीसीको सेयरमूल्य प्रतिकित्ता ३ हजार ३०० रुपैयाँको आसपासमा रहेको छ। विगतमा बजार उच्च विन्दु पुगेको बेला यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार रुपैयाँको आसपासमा पुगेको थियो। यो कम्पनीको उच्च विन्दुमा लगानी गर्ने लगानीकर्तालाई अहिले ५० प्रतिशतभन्दा बढी घाटा भएको देखिन्छ।

यी कम्पनीहरु उदाहरणमात्र हुन्। यस्ता अन्य थुप्रै कम्पनीका सेयरमा लगानी गरेर कतिपयले प्रशस्त कमाएका छन् भने कतिपयले ठूलो घाटा व्यहोरेका पनि छन्।

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजारको बुल र बियरको लय हेरेरमात्र कम्पनीहरु छान्नुपर्ने बताउँछन्। ‘बुलिस बजारमा वित्तीय अवस्था कमजोर भएका तर सेयर संख्या कम भएका कम्पनीहरुका सेयरमूल्य पनि निकै बढ्ने भएकाले छोटो समयका लागिमात्र त्यस्ता कम्पनीमा लगानी गर्न उपयुक्त हुन्छ’, उनी भन्छन्। 

दीर्घकालका लागि त्यस्ता कमजोर कम्पनीमा लगानी गर्दा बजार घटेर तल्लो विन्दु आएपछि पनि लामो समयसम्म बजार माथि नउठेमा लगानीकर्ताको लगानी शून्यमा जाने र बालुवामा बिरुवा रोपेजस्तै हुन सक्ने बास्तोला बताउँछन्। दीर्घकालका लागि कम्पनीको लाभांश क्षमता हेरेरमात्र लगानी गर्नुपर्ने बास्तोलाको सुझाव छ। 

सीआईटीजस्ता कम्पनीमा लगानी गर्दा फाइदा कम भए पनि घाटा नहुने बास्तोलाको भनाइ छ। कम्पनीले तत्कालका लागि लाभांश नदिए पनि सुशासन राम्रो भएको र रिजर्भ बलियो भएको कम्पनीमा पनि लगानी गर्दा दीर्घकालमा मनग्य लाभांश दिने र बजारमा सेयरमूल्य पनि बढ्दै जाने हुनाले त्यस्ता कम्पनीमा लगानी गर्न उनी सल्लाह दिन्छन्। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.