काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म शतप्रतिशत हकप्रद सेयर जारी गरेको थियो । सोही हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त हकप्रद सेयर दोस्रो बजार कारोबारमा आउनेछ ।