काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रक्रिया अगाडि बढाएको छ।
संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा संस्थाले करिब पौने ४७ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ।
सूर्योदय वोमी लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ। एफपीओ बिक्रीबाट संस्थाले सर्वसाधारणबाट थप ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँ रकम उठाउनेछ।
सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                