मंगलवार, फाल्गुन ५,२०८२ 01:10:04
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:10:04
Bizshala
Global IME Bank Limited

२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै

२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
Shivam Cement

काठमाण्डौ । नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म ‘२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । यस्तो मेला महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको मागअनुरुपका वस्तु डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए ।

त्यस्तै, स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्य पनि मेलाको रहेको छ ।  

बौद्धस्थित होटल हायात परिसरमा आयोजना हुने सो मेलाको उद्घाटन राष्ट्रपतिले गर्ने कार्यक्रम रहेको र मेलाको अवलोकनका लागि नेपाल सरकारका मन्त्रीहरू, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका पदाधिकारीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति मेलामा हुने महासंघले जनाएको छ ।  

त्यस्तै, व्यापार मेला आयोजनाका लागि उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरू, बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनीहरू, बीमा कम्पनीहरू, ठूला औद्योगिक, व्यापारिक तथा प्रतिष्ठानहरू र अन्य व्यापारिक क्षेत्रका संघसंस्था र कम्पनीहरूको पनि सहयोग रहने बताइएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेशका उद्योगी व्यापारीहरूको सहभागिता रहने सो मेलामा हस्तकलाका उत्पादनहरूका करिब १५० वटा स्टल रहने आयोजकले जनाएका छन् ।  

त्यस्तै, व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने महासंघले जनाएको छ ।

मेलामा धातुकला, सुनचाँदी, सुतीएवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरूलगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिकीका लागि राखिने बताइएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति(एनटीआईएस)कार्यक्रमभित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रूपमा प्रदर्शनी गर्ने कार्यक्रम छ ।  

त्यसैगरी, मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिहरूका लागि स्टल निःशुल्क उपलब्ध गराइने पनि आयोजकले जनाएका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.