काठमाण्डौ । विद्युत महशुल नतिरेका अधिकांश उद्योगमा लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडेको हो ।
गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यस्तै हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको थियो ।
सञ्चालक समितिको बैठकको निर्णयबमोजिम उद्योगहरुको लाइन जोडिएको हो । यद्यपी धेरै विद्युत् खपत गर्ने ठूला उद्योगहरुमा भने अझै पनि लाइन नजोडिएको जनाइएको छ ।