मंगलवार, बैशाख ९,२०८२ 08:39:05
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 08:39:05
IME remit
Global IME Bank Limited

ब्रोकरका दुई संस्थाबीचको ध्रुवीकरण सकियो, सेयर बजारलाई टेवा पुग्ने

यस्ता छन् ४ बुँदे सहमति

Hyundai Nepal
ब्रोकरका दुई संस्थाबीचको ध्रुवीकरण सकियो, सेयर बजारलाई टेवा पुग्ने
Nabil Bank Limited

काठमाण्डौ । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ ।  

हाल संचालनमा रहेका स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो ।  

सम्झौतापत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् ।

दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालनमा आउनेछ । पछिल्लो समय सेयर बजारमा देखिएको विकृति र विसंगतिलाई हटाउँदै बजारको विकाश र विस्तार गर्नका लागि दुई संस्थाहरु एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धुव्रीकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ उनले भने, ‘यसले पक्कै पनि हाम्रो पूँजीबजारलाई र हामी यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशानिर्देश गर्नेछ र यस अवसरले हामीलाई हाम्रो व्यवसायिकता अभिवृद्धि गर्दै हाम्रो हक हित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

साथै अबको दिनमा संयुक्त रुपमा एउटै संस्थाको रुपमा अगाडि बढ्दै पूँजी बजारको विकास, विस्तार र कारोबार सुरक्षा एवम् लगानीकर्ता हित संरक्षणका लागि एक ढिंक्का भएर अघि बढन् प्रतिवद्धता व्यक्त गरे ।  

करिब २३ वर्ष पछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायीमैत्री बनाउन मर्जरपछि एक भएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘अझै पनि धेरै कुराहरु जुन वर्तमान अवस्थामा हाम्रो पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक छन् त्यस किसिमका व्यवस्थाहरु समावेश भएको देखिँदैन,’ उनले भने, ‘यस्तो ऐनहरु क्रमिक रुपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने हो । तर यति लामो अन्तरालपछि संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरु अझै समावेश गर्न छुटेको हुँदा सरोकारवाला सबैलाई यो विषयउपर आवश्यक छलफल गराई उक्त ऐनलाई अगाडि बढाउने हामीले आगामी दिनमा एकिकृत ढंगबाट पहल गर्नुपर्नेछ ।’

Muktinath Bikas Bank Limited

नेपालको पुँजी बजारमा अत्यावश्यक भइसकेको बजार पूर्वाधार, कारोबार औजार लगायतका विषयमा हामीले अगामी दिनमा ठोस रुपमा काम गर्नुपर्ने भन्दै अबका दिनमा इन्ट्रा डे कारोबार तथा सर्टसेलको व्यवस्था, इक्विटिको डेरिभेटिभ, इण्डेक्स फण्ड लगायतका लगानी औजारहरुको विकास गर्न ढिला भइसकेको बताए ।  

साथै अक्सन मार्केट, मार्केट मेकर, सिसिपि लगायतका पूर्वाधारहरुको व्यवस्था गर्नुपर्ने हाम्रो बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाई छ ।  

सो कार्यका लागि नीगित रुपमै ऐन तथा नियमावली एवं विनियमावलीमा व्यवस्था गर्नको लागि एकीकृत भई लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन सकेका छैनौं भने धितोपत्र व्यवसायीहरुको मर्जर कार्यविधि बन्न सकेको छैन,’ उनले भने, ‘मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायी साथीहरुले अस्पष्ट नीतिका कारण र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ्ग काम गर्न नसकिरहेको परिस्थिति छ । यी सबै विषयमा अब हामी एक भएपछि संयुक्त रुपमा काम गर्नेछौं ।’

उक्त संस्था मर्जरमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली रहेका छन् भने सदस्यहरुमा मदन पौडेल र सुयोग अधिकारी छन् भने धितोपत्र ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यहरु सुमनकुमार मल्ल र सन्दिप विक्रम राणामा रहेका छन् ।

यस्ता छन् दुई ब्रोकरसंघबीच भएका ४ बुँदे सहमति

–३१ वर्षको लामो ईतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी हरुको साझा व्यावसायिक संघको रुपमा निरन्तरता दिइने छ ।

–धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीहरुलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक मुष्ट रुपमा सदस्यता प्रदान गर्ने छ ।

–धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अङ्गको रूपमा अगाडि बढाइनेछ ।

–दुवै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) हरुलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.