काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आवका लागि २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
अब आइतबारबाट कम्पनीको उक्त सेयर दोस्रो बजार कारोबारमा आउनेछ ।