सोमबार, असार २,२०८२ 05:42:52
  • सोमबार, असार २,२०८२ 05:42:52
Global IME Bank Limited

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटामा समेत ४ % को कमी

Hyundai Nepal
आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटामा समेत ४ % को कमी
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी रु.३८ अर्ब ३८ करोडमा सीमित बनेको छ । अघिल्लो वर्षको सोही अवधिमा

यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ ।  

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिना, लगायतका वस्तुको निर्यात बढेको छ भने जिंक शिट, पाम तेल, अलैंची, जुस, तयारी पोशाक,लगायतका वस्तुको निर्यात घटेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै समीक्षा अवधिमा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी रु.३९० अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्घि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, खाने तेल,स्पन्ज आइरन, लसुन, तेलहन लगायतका वस्तुको आयात बढेको छ भने सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण,कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

ज्ञछ। निर्याततर्पm विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु व्यापार घाटामा ४.० प्रतिशतले कमी आई रु.३५२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.१ प्रतिशतले वृद्घि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.४४ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४५ अर्ब ५८ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५१.३ प्रतिशत र ४७.६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात १.१ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.२ प्रतिशत, ०.३३ प्रतिशत र ४४.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.१ प्रतिशत, पुँजीगत वस्तुको ८.५ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५०.६ प्रतिशत, ८.५ प्रतिशत र ४०.९ प्रतिशत रहेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.