काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको खुद मुनाफाबाट १० प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित बोनस सेयर विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी १३ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।