शनिबार, बैशाख ५,२०८३ 01:18:43
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:18:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको सिबिफिनको ठहर

Bizshala
मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको सिबिफिनको ठहर
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको छ ।  

परिसंघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

‘मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथ ाबाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको परिसंघले ठानेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरुमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरु भने झन शिथिल हुँदै गएको तत्कालिन परिस्थिति र आम अपेक्षाहरुलाई सुक्ष्म रुपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाउनका लागि धेरै हदसम्म लचकता अपनाउँदै गत साउनमा आएको २०८१/८२ को मौद्रिक नीतिले आमरुपमाआशा र उत्साह जगाएको परिसंघले जनाएको छ ।  

मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरु कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरुको खराव÷निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तर रुपमा बृद्धि भइरहेको,अपेक्षाकृत रुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरुले समेत गतिलिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको, सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको र निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिका बीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरुलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगत कै कार्यदिशालाई मात्र निरन्तरता दिइनुले मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र आर्थिक क्रियाकलापहरुले आशातित रुपमा गति नलिने हो कि भन्ने चासो बढाएको परिसंघको ठहर छ । 

CG Motors
Garima Development Bank
IME remit

परिसंघले बैंक तथा वित्तीय संस्थाहरुमापर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्याङ्कनमा नेपालले हालै मात्र प्राप्त गरेको सन्तोषजक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको अनुकुल अवस्थालाई आत्मसाथ गर्दै नेपाल राष्ट्र बैंकबाट आगामी त्रैमासिक समीक्षामार्फत थप सहज नीति र उपायहरु अवलम्बन गरिनेमा पूर्ण विश्वास रहेको समेत जनाएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.