शनिबार, चैत्र २३,२०८१ 09:48:04
IME remit
  • शनिबार, चैत्र २३,२०८१ 03:33:04
IME remit
Global IME Bank Limited

८६ सदस्यीय जम्बो टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली

Hyundai Nepal
८६ सदस्यीय जम्बो टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ जाने लागेका हुन् ।  

उनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत बिहान ११ बजे चिन जाने योजना रहेको छ । भ्रमण टोलीमा ३२ जना सरकारी र ४६ जना निजी क्षेत्रका व्यक्तिसहित ७८ जना सहभागी हुनेछन् । सरकार टोलीका ४६ मध्ये २ सदस्य तयारीका क्रममा यसअघि नै चीन पुगिसकेका छन् । यस्तै भ्रमण टोलीमा बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा ८ सदस्य थपिने छन् । समग्रमा प्रधानमन्त्रीको भ्रमण टोली ८६ सदस्यीय हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन् ।

प्रधानमन्त्री ओलीले मंसिर १८ गते बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यस्तै मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.