मंगलवार, आश्विन १३,२०८३ 08:32:33
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:32:33
Bizshala
Global IME Bank Limited

८६ सदस्यीय जम्बो टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली

Bizshala
८६ सदस्यीय जम्बो टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ जाने लागेका हुन् ।  

उनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत बिहान ११ बजे चिन जाने योजना रहेको छ । भ्रमण टोलीमा ३२ जना सरकारी र ४६ जना निजी क्षेत्रका व्यक्तिसहित ७८ जना सहभागी हुनेछन् । सरकार टोलीका ४६ मध्ये २ सदस्य तयारीका क्रममा यसअघि नै चीन पुगिसकेका छन् । यस्तै भ्रमण टोलीमा बेइजिङस्थित नेपाली राजदूतावासबाट सरकारी प्रतिनिधिमण्डलमा ८ सदस्य थपिने छन् । समग्रमा प्रधानमन्त्रीको भ्रमण टोली ८६ सदस्यीय हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन् ।

प्रधानमन्त्री ओलीले मंसिर १८ गते बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यस्तै मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्नेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.