काठमाण्डौ । हेटौंडा सिमेन्ट उद्योगबाट पुनःसिमेन्ट उत्पादन सुरु हुने भएको छ । उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको हो ।
पुनःउत्पादनका लागि यतिेबला क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भईरहेको छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न भएलगत्तै पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उद्योग व्यवस्थापनले जनाएको छ । यो उद्योगबाट गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द भएको थियो ।
उद्योग व्यवस्थापनले मंसिरमै सिमेन्ट उत्पादन सुरु गर्ने जनाएको थियो । तर उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ उत्पादनमा ढिलाई हुन गएको हो ।