इ–पासपोर्ट खरिद प्रक्रियामा अख्तियारको छानबिन तीव्र, आरजु राणा देउवा पनि अनुसन्धानको दायरामा
काठमाण्डौ । इ–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसकी नेता तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।अख्तियारको टोलीले मंगलबार बूढानीलकण्ठस्थित देउवा निवास पुगेर बयानका लागि उपस्थित हुन निर्देशनसहित म्याद तामेल गरेको हो।

