इन्धनको मूल्यवृद्धिपछि हवाई भाडा बढाउने निर्णय
काठमाण्डौ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढेपछि नेपालमा पनि हवाई इन्धनको मूल्य मंगलबार रातिदेखि दोब्बरजति वृद्धि गरिएको छ ।नेपाल आयल निगमले चैत १८ गते रातिदेखि लागू हुने गरी आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएको जनाएको छ । यसर्थ अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।

