लगानीकर्ताको नजर चुनाव र स्थिर सरकारतर्फ, सन्तुलित सुधार भए नेप्से ३००० आसपास पुग्नसक्ने विज्ञको दाबी
काठमाण्डौ । जेनजी आन्दोलनपछि देशको राजनीतिक परिदृश्य अझै स्पष्ट नबन्दा नेपालका सेयरबजारमा अनिश्चितता कायमै देखिएको छ। औसत रुपमा बजार अझै संवेदनशील अवस्थामा रहेको छ भने लगानीकर्ताको मनोबल पूर्ण रूपमा उकासिन सकेको छैन। राजनीतिक समाचार र नीतिगत निर्णयले बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले हाल लगानीकर्ताहरू ‘पर्ख र हेर’को मनोवृत्तिमा सीमित भएका छन्।पछिल्लो समयको बजार...

