युनिक फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । युनिक फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । चैत २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।

