वन प्रमुख घुस रकमसहित पक्राउ
काठमाण्डौ । सिरहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई १ लाख ४५ हजार घुस लिएको आरोपमा अख्तियारको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

