एभरेष्ट बैंक र एनसीएचएलबीच अलीपे प्लेमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।