अमेरिकी लगानी सम्मेलनमा नेपाली निजी क्षेत्रको उपस्थिति, नयाँ व्यापारिक साझेदारीका सम्भावना
काठमाण्डौं । अमेरिकाको वासिङ्टन डिसीमा जारी ‘SelectUSA Investment Summit’ मा सहभागी हुन नेपाली व्यवसायिक प्रतिनिधिमण्डल पुगेको छ। यो सम्मेलनलाई नेपाल–अमेरिका आर्थिक सम्बन्ध विस्तार, लगानी आकर्षण र निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

