दशैं अवधीभर अन्नपूर्ण पदमार्गमा पर्यटकको ओइरो, आगमन झन्डै दोब्बर
काठमाण्डौ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मात्रै ५ हजार ३८४ विदेशी पर्यटक अन्नपूर्ण पदमार्ग पुगेका छन्।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रको तथ्याङ्कअनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त...

