अन्टार्कटिकाको हिमनदी तीव्र गतिमा पग्लिँदै, विश्वव्यापी समुद्री सतह वृद्धिको जोखिम बढ्यो
काठमाण्डौ । अन्टार्कटिकाको विशाल थ्वाइट्स हिमनदी वैज्ञानिकहरूले अनुमान गरेभन्दा तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले देखाएको छ। ‘डुम्सडे ग्लेसियर’ भनेर चिनिने यो हिमनदीको क्षयले विश्वव्यापी समुद्री सतह वृद्धिको जोखिम यसअघि अनुमान गरिएभन्दा बढी हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।पश्चिमी अन्टार्कटिकामा रहेको थ्वाइट्स पृथ्वीका सबैभन्दा फराकिला हिमनदीमध्ये एक...

